घटना विवरण :
विभिन्न व्यक्तिहरूलाई सामाजिक संजाल Facebook, Whats App, Viber, Imo लगायत भारतिय मोबाईल नम्बरबाट सम्पर्क गरी तपाईको नाममा पार्सल पठाएको छ उक्त पार्सल लिनको लागि तपाँईले चार्ज तिर्नु पर्दछ र उक्त चार्ज नेपालका विभिन्न बैंकहरूको खातामा जम्मा गर्नु पर्छ भनि विभिन्न किसिमका आश्वासन देखाई पटक-पटक रकम जम्मा गर्न लगाई आठ जना व्यक्तिहरूको रकम ठगी गर्ने कार्यमा संलग्न Ivory Coast का नागरिक Ouattara Allakagni र नेपाली नागरिक कुसुम कायस्थलाई यस अपराध महाशाखाको विशेष टोलिले मिति २०७५।०९।१५ गते का.जि.पेप्सिकोलाबाट पक्राउ गरी ठगी मुद्दा अन्तर्गत आवश्यक अनुसन्धान जारी रहेको ।

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरू :
१.निजहरू श्रीमान श्रीमतीको रूपमा का.जि.पेप्सिकोलामा फ्लाईट भाडामा लिई बस्दै आएका ।
२.निजहरूले रू.१४ लाख ३४ हजार ९ सय ७२ रूपैयाँ ठगी गरेको देखिएको ।

पक्राउ व्यक्तिहरू : 
१.नाम थर : कुसुम कायस्थ
उमेर : ३२ वर्ष ।
ठेगाना : जिल्ला काभ्रे, भुम्लुटार गा.वि.स. वडा नं. ६ 
हाल : का.जि.पेप्सिकोला

२.नाम : Ouattara Allakagni 
उमेर : ३२ वर्ष 
ठेगाना : Abidjan Treichville Arras - 4
हाल : का.जि.पेप्सिकोला
Passport No : 15AH420166

(नेपाल प्रहरी , महानगरीय अपराध महाशाखा )