इम्बोस्ड नम्बर प्लेट जडान नहुने !

[[IMG_ALT]]

b s g news | National News | Falgun 13

विवादित इम्बोस्ड नम्बरप्लेटको जडान शुक्रबारदेखि रोकिने भएको छ। अदालतको आदेशमा रोक्न लागिएको हो।
सर्वोच्च अदालतले बिहिबार सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलाशले इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।

संविधानमा समेत आधिकारिक भाषा चलन चल्तीको देवनागरी लिपिमा हुने भनिए पनि अंग्रेजीमा गाडीको नम्बर प्लेट निर्माण गर्न लागिएको भन्दै होटल व्यवसायी भरत बस्नेतले रिट दायर गरेका थिए।
कमिसनको खेलमा सर्वसाधरणसँग चर्काे शुल्क असुल्ने गरी नम्बरप्लेट जडान सुरु गरिएको थियो। जसको सर्वत्र आलोचना हुँदै आएको छ।