बुढानिलकण्ठ मिनिबस समितीको पदस्थापना कार्यक्रम सम्पन्न

[[IMG_ALT]]

b s g news | Nagar News | Chaitra 10

बुढानिलकण्ठ मिनिबस ब्यबस्था सेवा समितीको पदस्थापना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ | माननीय रक्षा मन्त्रि इश्वर पोखरेलको प्रमुख आतित्यथामा संचालन भएको कार्यक्रममा नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका अध्यक्ष् योगेन्द्र नाथ कर्माचार्य बिशेष अतिथि रहेका थिए | प्रदेश न ३ काठमाडौँ निर्नाचन क्षेत्र् न ४ र ५ का प्रदेश सभा सदश्यहरु दिपक निरौला भीमसेन खत्री न्हुछेनारायण श्रेष्ठ सिता तामांग लगायतको सहभागितामा भएको कार्यक्रममा नब /निर्बाचित कार्य समितीलाई सबैले सफल कार्यकालको शुभकामना प्रदान गरेका थिए | कार्यक्रममा रक्षा मन्त्रि इश्वोर पोखरेलले आफ्नो निर्बाचन क्षेत्र् भित्र रहेको एउटा संस्थाले यत्ति उदहारणीीय कार्यक्रम गर्दै आफ्नो ब्यबसायीक हक हितका कुरा सबै संग राख्दा आफु ब्यबासीक हकहित् सुनिश्चितताको लागी प्रतिबद्ध रहने बताउनुभयो | कार्यक्रममा बिभिन्न बक्ताहरुले यातायात क्षेत्र् संग रहेका समस्या र यसका समाधानकालागी गरिनुपर्ने पहलको बारे चर्चा गरेका थिए | नयाँ कार्यसमितीले पुराना कार्यसमितीको अध्यक्ष् प्रमोद खड्का लगायतका ब्यक्तित्वोहरुलाई समेत सम्मान गरेको थियो |