कोकाकोला कपको संयोजक दावा लामा

[[IMG_ALT]]

b s g news | Sports | Baishak 25

अखिल नेपाल फुटबल संघको आसन्न निर्बाचनबाट बिजयी भएका पधाधिकारीहरुको जिमेवारी बाडफाड भएको छ । पूर्व राष्ट्रिय खेलाडी एवम् पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक विज्ञानराज शर्मालाई लिग सञ्चालन गर्ने तयारीको जिम्मेवारी, मोफसलका किरण राई लाई प्रवक्ताको जिम्मेवारी, मानार्थ अध्यक्ष टासी घलेलाई निरन्तरता, किसोर राईलाई एन्फा एकेडेमीहरुको सञ्चालन र व्यवस्थापन सहितको मानार्थ वरिष्ठ उपाध्यक्ष, सरस्वती क्लबका शिक्षित पराजुलीलाई आर्थिक प्रमुख सहित मानार्थ उपाध्यक्ष, धनुषाका जिल्ला फुटबल संघ अध्यक्ष दिपक खातीलाई लेखापरिक्षण अनुपालन समितिको संयोजकको जिम्मेवारी एन्फाले दिएको छ ।

कोकाकोलाको प्रयोजनमा संचालन हुदै आएको बिधालय स्तरीय कोककला कपको जिम्मेवारी भने यसपटक दावा लामाले पाएका छन् । प्लानिंग बोय्स क्लबका दावा लामा कार्यसमितीका सबै भन्दा कान्छा पधाधिकारी हुन् उनले आसन्न निर्बाचनमा सदस्यमा सबै भन्दा धेरै मत प्राप्त गरेका थिए । कोककला कप नेपाली फुटबल जगत भित्र नयाँ प्रतिभा लाई परिक्षण गराउने एउटा भरपर्दो मध्यम मान्छन दावा लामा | कोककला कपको संयोजकको जिम्मेवारी पाए पछि दावा आफ्नो तयारीमा जुटी सकेका छन् |