१४ करोड घुस खाएको आरोप लगाउनेहरुले प्रमाणित गरुन म जस्तो सुकै सजाय भोग्न तयार छु।

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Ashad 25

गगन थापा बारे मेडिकल कलेज चलाईरहेका दुर्गा प्रसाइले दिएको अभिव्यक्ती यतिखेर चर्चाको बिषय बनेको छ । दुर्गा प्रसाइले रिपोर्टर्स क्लबमा बोल्दै गगन थापा स्वास्थ्री मन्त्री हुँदा उनले बिपी कोईराला प्रतिष्ठानको उप कुलपती नियुक्त गर्दा १४ करोड घुस लिएको खुलासा गरेका छन । आफ्नो अभिव्यक्तीको क्रममा उनले डा गोविन्द केसी र बिवेक शिल साझा पार्टिका बारेमा पनि आफ्नो खरो मन्तव्य राखेका थिए । यो बिषय यती खेर समाजिक संजालमा भाइरल भएको छ ।
दुर्गा प्रसाईले लगाएको आरोपका बारेमा स्वयम गगन थापा के भन्छन त ?
आम मानिस मा यो जिज्ञासा हुनु स्वभाविक नै हो । यही जिज्ञासालाई सम्बोधन गर्दै गगन थापाले दुर्गा प्रसाईको आरोप लाई खण्डन गर्दै उक्त आरोप कपोकल्पित र बदनियतपूर्ण रहेको भनेका छन । दुर्गा प्रसाइको भनाईलाई आफ्नो स्वार्थ पुर्ती नभएको अवस्थामा तिल्मिलाएको अभिव्यक्ती समेत भनेका छन । मेरो धारणा प्रती कसैको असहमती रहन्छ भने त्यो असहमती प्रती मेरो पनि असहमती रहन्छ । तर सहमतीमा छलफल्गर्न म जहिले पनि तयार छु ।किनकी असहमती जनाउन पाउने अधिकारको म जहिले समान गर्छु । मैले १४ करोड घुस खाएको आरोप बदनियत पूर्ण छ । म माथी १४ करोड घुस खाएको आरोप लगाउनेहरुले प्रमाणित गरुन म जस्तो सुकै सजाय भोग्न तयार छु ।निर्वाचन अघी म माथी यस्तै संगिन आरोप आइलागेको थियो १५ करोडको ,त्यसपछी निर्वाचन कै क्रममा आफै माथी बम प्रहारको आरोप पनि आइलाग्यो । म माथी आरोपलगाउने कोही प्रदेशको मन्त्री हुनु हुन्छ , कोही यो देशको सम्मानित प्रधानमन्त्री हुन्हुन्छ । मलाई लागेको आरोपका बारे मलाई धेरै भन्नु छैन तर म माथि लगाइएको आरोप पुष्टी गर्नु होस म मेरो सार्वजनिक जिवन बाट टाढा बसेर जस्तो सुकै सजाय भोग्न तयार रहेको गगन थापाले फेसबुक लाईबमा मार्फत भनेका छन ।
(फेसबुक लाइव सक्षिप्तमा )