प्र .नि शेर बहादुर चन्द बुढानिलकण्ठ बाट प्रहरी मुख्यालयमा , प्र .नि राजकुमार राई आउँदै

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Baishak 29

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरिक्षक् शेर बहादुर चन्द प्रहरी मुख्यालय पुगेका छन् ।प्र नि चन्दको सट्टामा २०७२ देखी २०७३ सम्म उँलाबारी प्रहरि कार्यलयको कार्यलय प्रमुख भैइ हाल महानगरिय बृत गौशलामा कार्यरत प्र नि राजकुमार राई आउने जानकारी आएको छ ।

महानगरीय प्रहरी प्रभागमा शेर बहादुर चन्द आए पश्चात उनले शान्ति सुरक्षाको दीष्टकोण बाट संबेदनशील स्थलहरुमा प्रहरीको सक्रियता बढाएका थिए । प्रदेश सभाको चुनाव पुर्व प्रभाग प्रमुख रुपमा आएका चन्दले छोटो समयमा नै आफ्न कार्य कौशल्ताका कारण बुढानिलकण्ठ परीचित भैसकेका थिए ।
बुढानिलकण्ठ नगरपालिका भित्र रहेका बिधालयहरुमा लागूऔषध र दुर्बेसनले युवा पुस्तालाई भविष्यमा पर्ने नकारात्मक पक्ष्को बारे परामर्श दिदै आएका चन्द पछिल्लो समय बुढानिलकण्ठ नगरपालिकाको माथिल्लो भेगमा उत्पादन हुदै आएको घरेलु मदिरा नियन्त्रणमा सक्रिय रहेका थिए । बुढानिलकण्ठ नगरपालिका भित्र हुने गरेको अबैध बालुवाखानी ,अबैध घरेलु मदिरा ,अबैध नसालु पदार्थ लगायत नियन्त्रण गर्न अलि बडी सक्रिय रहेका प्रहरी निरिक्षक्
चन्दको एक्कासी गरिएको सरुवाको बिषय केहि राजनितीकरण भएको देखिन्छ । आफ्नो कार्यकाल अवधी भर सहयोग गरिदिनु भएकोमा सम्पुर्ण नगर वासी माझ धन्यवाद व्यक्त गर्दै अब ,आउने प्रभाग प्रमुख राज कुमार राई लाई पनि त्यतिकै सहयोग गरिदिनु हुन नगर वासी माझ आग्रह गर्नु भएको थियो ।