जंगलमा लगेर किशोरीको सामुहिक बलात्कार

[[IMG_ALT]]

www.bsgnews | National News | Ashwin 25

रुपन्देहीमा चरंगेमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन्।

घटना रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा २३ गते बेलुका ८ बजेको हो । बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पुर्‍याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरी छ ।जाहेरीका आधारमा प्रहरीले रुपन्देही देवदह नगरपालिका- १० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ परेको छ । घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताए ।

घटनामा अन्यको पनि संलग्नता हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले बताए । पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडी स्टाफ हुन्। किशोरी चिनजानकै भएको खुलेको छ।
(ONLINEKHABAR)