काठमाडौँमा निर्मलाको लागी न्याय माग्दै प्रदर्सनमा उत्रेका युवा हरुलाई प्रहरीले गिरफ्तार गरेको छ । निर्मलालाई न्याय माग्दै पोस्टर टास्दै गरेका १२ जना युवालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत सिहदरबारमा लागेको छ ।पक्राउ परेका युवाहरुलाई कसै संगपनि भेट्न नदिएको खबर प्राप्त भएको छ । शान्तिपूर्ण प्रदर्शन गरिरहेका यूवाहरुलाई अचानक पक्राउ गर्दा कारण देखाउ भनेर प्रहरीलाई सोध्दा माथिको आदेश भन्दै पक्राउ गरिएको हो ।