निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्धा लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो। 

सिंहले सरकारी सेवामा रहँदा एक करोड ११ लाख ६१ हजार ६ सय रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । सिंह गत बर्ष सहायक वन अधिकृत राजपत्राकिंत पाँचौँ पदबाट राजीनामा दिएर राजनीतिमा लागेका थिए । उनलाई राजपाले प्रदेश सांसदको समानुपातिक सुचीमा समेत राखेको थियो ।