बूढानिलकण्ठ मन्दिरको बिषयमा छलफल ,ल्याण्ड पूलिङ बाहेक अरु बिकल्प छैन - सभासद दीपक निरौला

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Bhadra 27

बूढानिलकण्ठ नगरपालिका भाद्र २७,
बूढानिलकण्ठ मन्दिरको सम्रक्षण प्रबर्द्धनका लागी बूढानिलकण्ठ नगरपालिका वडा-७ मा रहेको एस्टोरिया होटलमा आज उक्त बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । बूढनिलकण्ठ क्षेत्र बिकास समितीका पुर्व पदधिकारी , सभासद र नगर प्रमुख सहित बसेको उक्त छलफल कार्यक्रममा उपस्थित महानुभावहरुले बूढानिलकण्ठ मन्दिरका बारे रहेका समस्या तथा चुनौतीको बिषयहरु उजागर गर्नु भएको थियो । बूढानिलकण्ठ मन्दिरको अहिले सम्म बनेका योजनाहरुले गती लिन नसक्नु र अहिले सम्म उक्त मन्दिरको सम्रक्षण ,प्रबर्धन हुन नसक्नुका बारे उपस्थित महानुभावहरुले प्रष्ट्याउनु भएको थियो।
विगतमा बूढानिलकण्ठ क्षेत्र बिकास समितीमा जिम्मेवारी बहन गरि सक्नु भएका पुर्व पदाधिकारीहरुले बिगतमा गर्न भ्याएका कार्यहरु र उक्त मन्दिरको एतिहासिकताका बारे आ-आफ्नो धारणा व्यक्त गर्नु भएको छ ।

समग्रमा उपस्थित व्यक्तित्वहरुको कुरा मन्दिरको अधिग्रहणको बिषयलाई लिएर उठेको थियो । २०४२ सालमा तत्कालिन श्री ५ को सरकारको पालामा भएको उक्त निर्णय मान्ने वा नमान्ने भने दुविधा रहेको थियो । उक्त निर्णयको कुरा अहिलेको परिवेषमा मान्न नसकिने भनाई उपस्थित व्यतित्वहरु बाट आएको थियो । त्यो समयमा गरेको अधिग्रहण आधिकारिक नरहेको भन्ने सम्म प्रश्न उठ्दै गर्दा सोको बारे अधिवक्ता किरण ठकुरीले तत्कालिन सरकारले गरेका निर्णयहरुका बारे प्रष्ट्याउनु भएको थियो ।
झण्डै ३३ बर्ष अगाडी गरेको निर्णयलाई टेकेर नयाँ गुरुयोजना निर्माण गर्ने वा ल्याण्ड पुलिङको बिषय बैकल्पिक बाटो खोजिने हो भन्ने कुरामा बृहत छलफल भएको छ ।

बू .क्षे .बि .स का पुर्व सदस्य सचिव तथा बूढानिलकन्ठ नगरपलिका वडा ३ का अध्यक्ष बाल कृष्ण श्रेष्ठ भन्नु हुन्छ;
अधिग्रहण होस वा ल्याण्ड पुलिङको बिषय होस त्यहाँ रहेका जनता त पिडित छन् नि त्यो बिषयमा चै कस्ले बोलिदिने , व्यस्थित योजना नलेराइकन उक्त कार्य गर्न सकिदैन ।
यस बिषयमा नेपाली कांग्रेस क्षेत्र न ४ का सभापति तथा बू .क्षे .बि .स का पुर्व सदस्य सचिव राजु श्रेष्ठ भन्नु हुन्छ;
बूढानिलकण्ठ मन्दिरको सम्रक्षण र प्रवर्धनको बिषयलाई अझै बृहत तरिकाले लैजानु पर्छ । बूढानिलकण्ठ मन्दिरको बिषयलाई लिएर सुरु गरिएको यस छलफल कार्यक्रम केहि न केहि निचोडमा पुग्ने आशा पनि राखेको छु । बूढानिलकण्ठ मन्दिरको सम्रक्षण र प्रवर्धन तथा अन्य कुराहरुमा चुनौतीहरु रहेका छन । सकारात्मक कुरामा गर्नु पर्ने सहयोगहरु पार्टी गत कुरालाइ नहेरी, हाम्रो एतिहासिक धरोहरको सम्रक्षण र प्रवर्धनका लागि कुनै पनि किसिमको सहयोगको लागी आफु तत्पर रहेको छु ।

सभासद दीपक निरौला भन्नु हुन्छ ;
यो प्रारभिक छलफल हो, मन्दिर क्षेत्रको बिकासका लागि सबै जना मिलेर अगाडी बढ्न जरुरि छ। यो छलफलको कार्यले निरन्तरता पाउछ र यहि छलफलले अगाडि कसरि बढ्न सक्छौ भनेर मार्ग पनि देखाउछ । बूढानिलकण्ठ नगरपालिकाको धरोहर र यसको महत्वको रक्षा हामीले गर्न सकेनौ भने उक्त एतिहासिक मन्दिरको औचित्य रहदैन धरोहर।को रक्षा गर्ने ,बिकाश गर्ने, ल्याण्ड पुलिङ भन्दै जनतालाइ उठी वास लाउने भनेका होइन ।,मन्दिर वरी परीका जनतालाई उचित भन्दा उचित क्षती पुर्ती दिएर व्यवस्थापन गर्नका लागि उक्त क्षेत्रको विकासका लागि ल्याण्ड पुलिङको बिषयलाई अघि सारेका हौ । हामि जन प्रतिनिधिहरु जनता कै भलोको लागि कार्य गर्ने हो तसर्थ बूढानिलकण्ठ मन्दिर क्षेत्रको बिकासका लागि ल्याण्ड पुलिंग बाहेक अर्को विकल्प छैन । अधिग्रहणको कुरा मुख्य बिषय रहेन अब ल्याण्ड पुलिंगको बिषय लिएर जनताकोमा जाने हो, वहाँहरुलाई यो बारे जानकरी गराउने हो।

मन्दिरको बिषयलाई लिएर छलफलको कार्यले निरन्तरता पाउने भएकोले यस बिषयमा चाँडै नै टुङो लाग्नेमा बिश्वासत छन नगर प्रमुख उद्दव खरेल ।
पर्यटनको बिषय भएकोले उक्त क्षेत्रको धार्मिक सांस्कृतिक पाटोको सम्रक्षण गर्न जरुरी रहेको र यस बिषयमा मिलेर अगाढि बढ्न सकिने प्रदेश सभासद कुसुम कार्कीले बताउनु भएको छ ।
(कार्यक्रम र बहस निक्कै नै लामो भएका कारण सक्षिप्तमा दिने कोशिस गरेका छौ उपस्थित सम्पूर्ण व्यक्तित्वहरुको राय तथा सुझाव समावेश गर्न सकेनौ यसका लागि क्षमा प्रार्थी छौ। यस छलफल कार्यक्रमको भिडीयो चाडै सार्वजनिक गर्ने छौ )।.

[[IMAGE_ALT]]