चौथो बूढानीलकण्ठ नगर फुटबल प्रतियोगिताको टाईसिट आज तानिदै

[[IMG_ALT]]

www.bsgnews | Nagar News | Ashwin 23

बुढानीलकण्ठ नगरपालिका भित्र हुंदै आएको नगर कप चौंथो बूढानीलकण्ठ नगर फुटबल प्रतियोगिताको टाईसिट आज तानिंदै। बु.न.पा ३ को होटल पार्क भिलेज रीसर्टमा अपराहन्न १६ :३० बजे बाट सुरु हुन गइरहेको उक्त कार्यक्ममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदश्य तथा नेपाल फुटसल संघका संयोजक दावा लामा प्रमुख अतिथि रहनुहुनेछ । सहभागी सबै वडाका क्लबका टिम ब्यबस्थापक तथा टिम कप्तानहरु लाई अनिवार्य उपस्थित हुन पनि आयोजकको आग्रह रहेको छ।

प्रतियोगिता २०७५/६/२५ गते बाट संचालन हुने भएको छ । हरेक वर्षझैं बूढानीलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको बूढानीलकण्ठ विध्यालयमा चौथो बूढानीलकण्ठ नगर फुटबल प्रतियोगिता हुने गइरहेको छ।