महानगरीय प्रहरी वृत्त महाराजगञ्जले विभिन्न लागू औषधका सामाग्री सहित लाखौको नगद बरामद गरेको छ । कामनपा–४ सुकेधाराको एलाईट पेट्रोल पम्प नजिकै शंकास्पद रुपमा हिडिरहेका ३ जना व्यक्तिलाई पक्राउ गरि सो सामाग्रीहरु बरामद गरिएको हो ।

टोखा–६, धापासी बस्ने वर्ष ३० को तीर्थनाथ उपाध्याय, आख्रनी–१, रामेछाप घर भई हाल बौद्ध बस्ने वर्ष ३५ को धर्मराज कुमार लामा, भक्तपुर गुण्डु स्थायी घर भई हाल पानीपोखरी काठमाडौ बस्ने वर्ष २३ को पराग कार्कीबाट सो समाग्रीहरु बरामद गरिएको हो ।

बरामद गरिएको समाग्रहीहरुमा नेपाली नदग ४ लाख ७३ हजार १ सय , भारु नदग १ हजार ४ सय, अमेरिकी डलर २० , बा ७७प ९९०६ बुलेट मोटरसाईकल १ थान, बा ९२ प १८२० बमलमे एधिएटर स्कुटर १ थान, विभिन्न खाले मोबाईल ६ थान, क्यानोन क्यामेरा १ थान, ब्राउन सुगर सानो पोका ८ थान (प्लाष्टिक सहित २४ ग्राम, प्लाष्टिक बाहेक २२ ग्राम), चरेश सानो पोका २ थान प्लाष्टिक सहित ८ ग्राम, प्लाष्टिक बाहेक ७ ग्राम), सुईस चच्कु २ थान, सुईकोनिडील ३ थान, पावर व्याङ १ थान, एक लाखको चेक १ थान, लाईटर १ थान, क्वाईन २ थान, कालो रातो झोला १ थान, नागरिकता १ थान, विल बुक २ थान, नाईट्रोभेट ट्याव्लेट ७ थान, ३ थान पर्स, लागू औषधी खान प्रयोग हुने विभिन्न सामाग्रही बरामद गरिएको छ ।

प्रक्राउ परेका ३ जनालाई हिरासतमा राखी आवश्यक अनुसन्धान गर्ने गरिने जानकारी  महानगरीय प्रहरी वृत्त महाराजगञ्जका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक फरिन्द्र प्रसाईले दिनु भएको छ ।

( नेपाल प्रहरी ,महानगरीय प्रहरी वृत्त महाराजगञ्ज)