१५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानसँग पराजित हुँदै नेपाल बाहिरिएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पाकिस्तानसँग नेपाल ४-0 गोल अन्तरले पराजित भएको हो ।पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा नेपालले ४ गोल खान पुग्यो । नेपालका रोशन थापाले आत्मघाती गोल गरेपछि पाकिस्तानले अग्रता लिएको थियो । पाकिस्तानका लागि मोहिब उल्लाहले २ र मोइन अहमदले १ गोल गरे । आजै भएको अर्को सेमिफाइनलमा भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको छ । पाकिस्तान र बंगलादेशबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।