महानगरीय प्रहरी वृत महाराजगञ्जले सुरक्षा व्यवस्थापनका लागि पूर्व प्रहरी कर्मचारीसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

टोखा–५ स्थित गोधुली फुड ल्याण्डमा सञ्चालित सो कार्यक्रम काठमाडौं प्रहरी परिसरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा अबकाश प्राप्त प्रहरी अधिकृतहरुले अबकास प्राप्त प्रहरी कर्मचारीहरुको अनुभवलाई समेत सदुपयोग गर्ने तर्फ ध्यान दिइनुपर्ने कुरालाई जोड दिए ।
समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि अवकास प्राप्त प्रहरी कर्मचारीहरु सहकार्य गर्न तत्पर रहेको र त्यसको लागि नेपाल प्रहरीले विशेष चासोका साथ जोड दिनुपर्ने बताए ।
अवकास प्राप्त प्रहरी कर्मचारी प्रति संगठनको हेर्ने दृष्टिकोण नकारात्मक रहेको हुंदा सुधार गर्नु पर्ने कुराको समेत उठान भएको थियो । सो कार्यक्रममा बोल्दै काठमाडौं प्रहरी परिसरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले अन्तरक्रियाको क्रममा उल्लेख भएका सल्लाह तथा सुझाबहरुलाई आफ्नो मार्ग दर्शकको रुपमा लिई अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सो कार्यक्रममा अबकाश प्राप्त प्रहरी अधिकृतहरु प्रहरी नायब महानिरिक्षक केश बहादुर शाही, प्र.ना.म.नि.हिम बहादुर गुरुङ, प्र.ब.उ.बसन्त राज कुवर, प्र .ब.उ. चुडा बहादुर श्रेष्ठ र प्र.उ. गिता उप्रेती लगायतले अन्र्तक्रिया कार्यक्रम सान्र्दभिक भएको र संगठनलाई आवश्यक परेको बेला सहयोग गर्न तत्पर रहेको बताए । यस्तै गरि महानगरीय प्रहरी वृत महाराजगञ्जका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्ष फरिन्द्र प्रसाईले समाजमा शात् िसुरक्षा कायम गर्नका साथै अपराध रोकथामको लागि पूर्व प्रहरी कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहेको कुरालाई जोड दिए ।