बूढानीलकण्ठ नगरपालिका वडा न ३ कार्यालय अगडी फाईबर जडानको काम गर्ने क्रममा एक कामदार करेन्ट लागी घाइते भएका छन् । घाइतेलाइ उपचारको लागी महाराजगंज स्थित शिक्षण अस्पताल लगिएको घाइतेका सहकर्मीले जनाए । बुढानीलकण्ठ नगरपालिका भित्र अहिले फाइबर जडानको काम भईरहेको छ ।दार्चुलाका हरी सिंह सामन्त नाम गरेका ब्यक्ति करेन्ट लागेर घाइते भएको जानकारी प्राप्त भएको छ । बिजुलीको तार भएको स्थानमा माथिबाट फाइबर जडान गर्दा करेन्ट लागेको प्रतयक्षदर्शीले जनाए ।