भद्रकाली जागरण समाज नामक संस्थाले बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा  ज्येष्ठ नागरिक बुवा आमालाई सम्मान गरौ भन्ने नाराको साथमा  बूढानिलकण्ठ नगरपालिका वडा नं.-६मा पौष २१ गतेका दिन जेष्ठ नागरिकहरुलाई  नि:शुल्क स्वास्थ्य शिविर, परामर्श सेवा एवं जेष्ठ नागरिककालाई सम्मान स्वरुप १/१ वटा थरमस बितरण गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ स्थित खड्का गाउमा भएकोउक्त कार्यक्रमका प्रमुख अथिति  प्रदेस नं ३का माननीय भिमसेन खत्री रहेका थिए भने बिशेष अतिथिको रुपमा , बूढानिलकण्ठ नगरपालिका  प्रमुख उद्धब प्रसाद खरेल, उप प्रमुख रमादेबि राई बुढानिलकण्ठ नगरपालिका वडा नं ६का वडा अध्यक्ष नवीन के सी, वडा नं ७ का वडा अध्यक्ष  बस नारायण महर्जन, भद्रकाली आधारभुत बिद्यालयका प्र अ गायत्री सापकोटा ,जेष्ठ नागरिक महासंघका महासचिव छत्र प्रधान, जेष्ठ नागरिक खड्ग बहादुर खड्का बुढानिलकण्ठ न .पा का डाक्टर द्वय एव बुढानिलकण्ठ न पा -६ शेराफाँट निवासी हेल्थ पर्सन/सहयोगी  मीना ढकाल, बुढानिलकण्ठ नपा ६/७ स्वास्थ्य चौकी की प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

 कार्यक्रमका सभाध्यक्षता  संस्थाका अध्यक्ष रामभक्त श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन तारा देबी सिवाकोटीले गरेकी थिइन्। कार्यक्रममा प्रदिप डंगोलले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा करिब ९६ जना ज्येष्ठ नागरिकहरुलाई जाडोको लागि तातो पानी खानको लागि थर्मस वितरण गरिएको थियो। भने सय भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई नि;शुल्क स्वास्थ्य परिक्षण गर्नुको साथै स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।      

कार्यक्रममा प्रमुख अतिथि लगायत बिशेष अतिथिहरुले मन्तब्य राख्दै  वर्तमान युवा पुस्ताले  ज्येष्ठ नागरिकको सम्मान गरे मात्र भावी पुस्ताले पनि ज्येष्ठ नागरिकलाइ सम्मान गर्ने बताएका थिए ज्येष्ठ नागरिक जिउँदा इतिहास भएका हुँदा ज्ञान सीप र अनुभवलाइ विकासमा लगाउनु पर्ने बताएका  थिए ।