काठमाडौं, १७ पुस

हत्या गरी फरार रहेका अभियुक्त बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने काभ्रेपलाञ्चोक साबिक खनालथोक गाउँ बिकास समिति-३ का जितेन्द्र भन्ने ज्ञानेन्द्र श्रेष्ठलाई १७ वर्ष पछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।
२०५८ साल साउन ४ गते काठमाडौं महानगरपालिका-३५ नाकारी टोल बस्ने विष्णु घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका श्रेष्ठले आफ्नो बास्तबिक परिचय समेत लुकाई नाम परिवर्तन गरी फरार भएकोमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट उनलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(नेपाल प्रहरी )