अध्यक्ष दाहालले तीन तिहाइ बहुमतको सरकार हुँदा हुँदै पनि राष्ट्रिय एकता र विकासको संकल्पका लागि राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउन खोजिएको बताएका छन् । उनले देश विकासका लागि कांग्रेस बाहेकका दललाई सरकारमा ल्याएर हातेमालो गर्न चाहेको बताए । ‘कम्तिमा पनि नेपाली कांग्रेसलाई सरकारमा ल्याउनु हुँदैन, ल्याउनु जरुरी पनि छैन’, दाहालले भने, ‘बाँकी अन्य दललाई ल्याएमा लोकतन्त्र चल्छ ।’ संसद नियमावालीमा दागी सांसदलाई निलम्बनको व्यवस्था नराखेको बारेमा पनि दाहालले कांग्रेसलाई दोष एि । ‘यो नियमवालीमा निलम्वनबाहेक अरु अर्थ लाग्ने खालको भाषा छैन’, उनले भने, ‘ऐनमा निलम्बन शब्द राख्ने कुरामा कांग्रेस सहमत भएपछि यस्तो आएको हो ।’ मूल्य वृद्धि रोक्छौँ अध्यक्ष दाहालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताए । उनले अन्य उपभोग्य सामानमा भएको मूल्यवृद्धिलाई सरकारले नियन्त्रणमा ल्याउने पनि जवाफ दिए । सरकारले गियर बढाएर उडान भर्छ अध्यक्ष दाहालले अब सरकारले उडान भर्ने पनि बताए । ‘अहिलेसम्म सरकार पहिलो गियरमा छ, अब गियर बढाउँदै गएर सरकारले उडान भर्छ’, उनले भने, ‘हेर्दै जानुस सरकारले अब तीब्र गतिमा काम अघि बढाउँछ ।’ आर्थिक सन्तुलन बनाउने बजेट अध्यक्ष दाहालले छलफल गरेर नै लोकप्रिय बजेट नल्याएको बताए । पाँच वर्षे सरकार भएकाले पहिलो र दोस्रो वर्ष देशको अर्थतन्त्रलाई सन्तुलनमा ल्याएर अर्को वर्षदेखि लोकप्रिय बजेट ल्याउने बताए । ‘बजेट ल्याउँदा समन्वय नभएको होइन, नौ महिने सरकार हुँदा लोकप्रिय बजेट ल्याउने गरिन्थ्यो’, उनले भने, ‘अहिले त पाँच वर्षे सरकार छ, त्यसैले लोकप्रिय भन्दा अर्थतन्त्रको सन्तुलन कायम गर्दै बजेट ल्याइएको हो । कार्यकारी राष्ट्रपति पुरानै अध्यक्ष दाहालले कार्यकारी राष्ट्रपतिको बहस नयाँ नभएको बताए । उनले संविधान जारी गर्दैदेखि नै कार्यकारी राष्ट्रपतिबारे छलफल सुरु भएको बताए । ‘कार्यकारी राष्ट्रपति अहिको एजेन्डा हुँदै होइन’, उनले भने, ‘संविधान बनाउँदैदेखि कार्यकारी राष्ट्रपति बनाउने कुरा उठेको हो । देशको स्थायित्वका लागि पनि यो अति जरुरी छ ।’