शिवपुरी बूढानिलकण्ठ यातायात प्रा.लिले अत्याधुनिक बस भित्रायो

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Jestha 23

बूढानिलकण्ठ नगरपालिका वडा -३ मा रहेको बूढानिलकण्ठ मिनी बस सेवा समिती खारेज भैइ शिवपुरी बूढानिलकण्ठ यातायात प्रा लि भएको छ । बूढानिल्कण्ठ नगरपालिकामा दशकौ देखी यातायात सुविधा दिदैं आएको उक्त समिती नेपाल सरकारको निर्णय पस्चात समिती खारेज भैइ शिवपुरी बूढानिलकण्ठ यातायात प्रा. लि भएको छ । प्रा.लि भएको केहि समय नहुँदै नगरवासीको सुविधाको मध्य नजर गर्दै १० वटा अत्याधुनिक बस बूढानिलकण्ठ भित्राएको छ ।जस्मा जिपिएस ,सिसिटिभी , एलसिडी स्क्रीन जडित हुने छ । नगरवासीको माग बमोजिम भविष्यमा थप ठुला बसहरु थपिने योजना रहेको शिवपुरी बूढानिल्कण्ठ यातायात प्रा.लि ले जानकारी दिएको छ ।