बूढानीलकण्ठ नगरपालिका वडा नं १३ स्थित करुणा अस्पतालका संस्थापक डा. राम कुमार श्रेष्ठले सर्वोच्च शिखर सगरमाथा आरोरण गरेका छन्। 

आज मिति २०७९ जेष्ठ २ (सन् २०२२ मे १६) गते बिहानको ४ बजेको समयमा डा.श्रेष्ठले शिखरमा पाइला टेकेका हुन्। 

बूढानीलकण्ठ नगरपालिकाबाट हालसम्म डा.श्रेष्ठ सर्वोच्च शिखरमा पाइला टेक्ने पहिलो व्यक्ति रहेका छन्। 

करुणा अस्पतालमा Cath Lab स्थापना तथा सञ्चालन गर्नका लागि आशावादी रहेका डा. श्रेष्ठको सपना तथा इच्छा कामना बोकेर आशिर्वाद प्राप्त गर्नका लागि उनी सगरमाथा आरोहणका लागि पुगेका हुन् ।