नीलकण्ठ नगरपालिका क्षेत्र भित्रको फोहर मैला ब्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीले गत चार वर्षदेखि सम्झौता अनुसारको रकम पालिकालाई बुझाएको छैन ।

नगरपालिकाले २०७५ साल बैशाखदेखि प्रतिवर्ष पालिकालाई ७ लाख बुझाउने सर्तमा डिजन जागरक वाताबरण संरक्षण अभियान प्रालि नामक ठेकदार कम्पनीलाई फोहर मैला संकलनको जिम्मा लगाएको थियो ।

कम्पनीले स्थानीयसँग नियमित पैसा लिएपनि नगरपालिकालाई तिर्नुपर्ने रकम भने बाँकी नै रहेको छ  । नगरपालिकालाई हालसम्म सो कम्पनीले २६ लाख ३९ हजार बक्यौता बुझाउन बाँकी रहेको छ ।

यसरी फोहर मैला संकलन तथा ब्यवस्थापनका लागि ढुवानी गर्न अवाश्यक पर्ने सवारीका साधन र जनशक्ति लगायत सवारीका साधन मर्मत खर्चसमेत हालसम्म पालिकाले नै उपलब्ध गराउँदै आएको नगरपालिकाले जानकारी दिएको छ ।

यो कम्पनीले प्रत्येक आर्थिक वर्षमा फोहर मैला संकलन र ब्यवस्थापनका लागि रकम संकलनको जिम्मा लिए वापत सर्त अनुसारको रकम पालिकालाई अग्रिम भुक्तानी गर्नु पर्ने व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताउनु भएको छ ।

जनप्रतिनिकै मिलेमतोमा बुझाउनु पर्ने बक्यौता रकम पनि नबुझाएको ठेक्का सम्झौता पनि तोड्न नसकिएको उहाँको भनाइ छ ।

प्रत्येक नयाँ आर्थिक वार्षका लागि ठेकेदार कम्पनी र नगरपालिकाबीच तोकिएको दर रेटमा सम्झौता गर्नुपर्ने भएपनि हालसम्म त्यस्ता कुनै पनि कागजाद नभएको पालिकाले जानकारी दिएको छ ।

यसरी ठेक्क सम्झौता अनुसारको रकम हरेक वर्ष अग्रिम नवुझाएमा स्वत: ठेक्का रद्द हुने र सो कम्पनीले नगरवासीहरुसँग समेत रकम असुल्न नपाउने कानुनी मान्यता रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।

नगरपालिकालाई वुझाउनु पर्ने रकम नबुझाएको तर नगरवासीसँग भने तोकिएको दर रेट भन्दा धेरै रकम उठाउँदै आएको समेत स्थानीयले गुनासो गरेका छन ।

बुझाउनु पर्ने बक्यौता रकम सात दिन भित्र बुझाउन नीलकण्ठ नगरपालिकाको कार्यालयले पत्राचार गर्दा समेत कम्पनीले चासो दिएको छैन ।।