जनरल खड्ग शमशेर आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा इस १८९३ मा एकातर्फ बुर्जाको जग काली गण्डकी नदीमा नै गरहेको महल भित्र पानी पोखरी मन्दिर बगैंचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट चौडाई ११२ फिट अग्ल्याई भएको चारतले भवन र त्यसको वरिपरिको वातावरणले सबैको मनमा साँच्चिकै आनन्द दिन्छ । पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम २/३० घण्टा पैदल यात्राबाट पुग्न सकिने रानीमहलको हाल पर्यटकीय सन्दर्भमा अत्यन्त महत्त्व राखेको छ ।

रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ ।

रानीमहल वि. सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।