बुढानिलकण्ठ नगरपालिका वडा नं १० का करिव ४१ वर्षीय नवराज बानियाँको उपचारका क्रममा मृत्यु भए संगै वडा नं १३ चुनिखेलमा रहेको करुणा अस्पताल तनाव ग्रस्त भएको छ।

जेष्ठ ८ गते राति ७ बजेको समय छातीमा सामान्य दुखाइ भए पछी आफै गाडी चलाएर करुणा अस्पताल पुगेका बानियाँको  सो अस्पतालको इमर्जेन्सीमा उपचार गर्ने क्रममा थप जटिल समस्यमा भएर  मृत्यु भएको थियो।

अस्पतालमा मूल डाक्टर नभएको र त्यहा कार्यरत हेल्थ असिस्टेन्टले उपचार गर्दा बानियाको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयहरुले अस्पतालमा प्रदर्शन गरेका थिए।

राती भएको प्रदर्शनका क्रममा निकै तनाव ग्रस्त स्थिति भए संगै प्रहरी परिचालन गरिएको थियो भने अस्पताल र पिडित पक्ष विच भएको छलफल विना निस्कर्ष टुंगिएको थियो।

निकै सामान्य अवस्थामा अस्पताल पुगेका विरामीको उपचारमा लापरवाही गर्दै ज्यान माथि नै  खेलवाड गरिएको भन्दै स्थानीयहरुले आज जेष्ठ ९ गते १० बजे देखि अस्पतालमा प्रदर्शन गर्ने मृतकका आफन्तले जानकरी दिएका छन।

अहिले करुणा अस्पताल अगाडी जम्मा भएका स्थानीयहरुले उपचारमा लापरवाही गर्ने हेल्थ असिस्टेन्ट र अस्पतालका जिम्मेवारहरुलाई कारवाही गर्नु पर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन भने अस्पताल गेटमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ।