बुढानीलकण्ठ नगरपालिकामा घरपालुवा कुकुर बिरालोहरुको नाम दर्ता गराउनुहुन नगर पशु सेवा शाखाले आव्हान गरेको छ ।

नगरपालिकाद्वारा जारी भएको घरपालुवा कुकुर बिरालो व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८० अनुसार नगर क्षेत्रभित्र घरपालुवा जनावर (कुकुर/बिरालो) बाट हुने नकरात्मक प्रभाव रोक्न तथा कुकुर, बिरालाबाट मानिसमा सर्ने घातक रोगबाट बचाउन, तथ्याङ्क राख्न एवं कुकुर/बिरालोपालनलाई व्यवस्थित बनाउन आ-आफ्ना घरमा पालिएका कुकुर बिरालोको अनिवार्य दर्ता गर्ने कार्यक्रम संचालन गर्न लागेको हो  ।

२०८१ ज्येष्ठ महिना सम्ममा  आफुले पालन गर्नु भएका कुकुर/ बिरालो सम्बन्धित वडामा दर्ता गराई पशु सेवा शाखामा अभिलेखीकरण गरी सोको अनुमति प्रमाणपत्रको साथै आ-आफ्नो कुकुर/बिरालो संकेत चिन्ह लिनु हुन शाखाले अनुरोध  गरेको छ ।