बुढानीलकण्ठ नगरपालिका सहकारी शाखाले सहकारी संस्थाहरुलाई सहकारी संचालक तथा व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास प्रशिक्षण दिन लागेको छ ।

तालिममा नगरपालिका क्षेत्रभित्र संचालित सहकारी संस्थाहरुको संचालक समितिका अध्यक्ष १ र व्यवस्थापक १ गरी २ जना सहभागी पठाईदिनुहुन नगरपालिका सहकारी शाखाले सूचना मार्फत अनुरोध गरेको छ ।

तालिम फागुन २० र २१ गते बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा बिहान १० बजेबाट सुरु हुने सूचनामा उल्लेख छ ।