हृदयका कलमले राक्षसी तस्वीर कोरेछ
कल्पना बाहिरको छाँयाले कोसेछ ।
अलमल्ल टलाटुल्ल गरी बसेछु
छिन छिनमै अनयासै तर्सेछु ।

कताबाट आउँछ कता जान्छ
न केहि पत्तो छ ।
लक्ष्य विनाको अवोध बालक झै
अलमल्ल अध्येरी रातको कुना झै
खल्लो र  टाढिएको समय छ ।

एकोहोरो तर्सिएको अनुभव छ ।
धेरै समय भयो मुस्कानको खाँचो छ ।
थाहा छैन कै ले सम्म यस्तो हो 
सबै वस्तु स्वरुप बिनाको अलमल्ल हो ।

छिटै बनोस पुरानो हाम्रो टुक्रियको सम्बन्ध ।
रोकिएको समय घुमोस मुस्कुराउँदै स्वतन्त्र
बसन्त ऋतुको रमाउ‌दै स्वाद लिन पाइयोस
अल्मलिएको ह‌ृृृदय स्वच्छ वायु लिन पाइयोस

                            - सन्तोष भण्डारी