नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
बिहीबार दिउँसोबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
बैठकमा सरकारका गतिविधि, पार्टीको आगामी महाधिवेशन तयारी, राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ । नेकपा एमालेले संसद् पुनः स्थापनाको विषय अगाडि बढाएको छ । त्यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ । साथै बारामा एमाले नेताहरूलाई जान रोकिएको विषयबारे पनि छलफल हुनेछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।

प्रतिकृयाहरु