समयमै बन्न सकेन बुढानिलकण्ठ -मुहान पोखरी सडक ,स्थानिय आक्रोशित

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Jestha 25

बुढानिलकण्ठ मन्दिरबाट मुहानपाेखरी हुँदै शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज जाने बाटाे पूर्णतः बेहाल अबस्थामा पुगेकाे छ । दैनिक वडा -३ का वासीले प्रयोग गर्ने उक्त सडक खण्ड ठेकेदारले समयमा नै निर्माण सम्पन्न गर्न नसक्दा बाटाे हिँड्नलाइ कठिन भएकाे छ । सरकारी पक्षकाे अनुगमनकाे अभावले याे समस्या निम्त्याएकाे भन्ने सर्वसाधरण पनि भेटिन्छ भने ठेकेदार भागेकाे हल्ला पनि यहाँ चलेकाे छ ।

०७४ सालमा काम सक्ने गरी स्वच्छन्द र पञ्चकन्या जे. भि. कम्पनिसंग सरकारको सम्झौता भएकाे भए पनि ०७५ साल लागि सक्दा पनि काम ५० प्रतिशत पनि सकिएकाे देखिदैन । लगातारकाे वर्षामात्र नभै यस भेकमा पानीकाे श्राेत धेरै भएकाेले सडकबाट बगिरहेकाे पानीले बाटाे हिँड्न कठिन हुँदा अाउँदाे वर्षा सम्झेर सर्वसाधरण तर्सिन थालेका छन् ।

बाटाे बिग्रिएकाेले दैनिकरूपमा माेटरसाइकल,स्कुटरमात्र हैन मानिस पनि लड्ने गरेकाेले अाउँदाे वर्षाकाे ३ महिना के हाेला भनेर सर्वसाधरण चिन्तित भएका हुन् । दुइवटा बाटाे भए पनि दुइवटै निर्माणाधीन भएकाले समयमा काम नसक्दा स्थानीयवासी मर्कामा परेका हुन् । बाटाे बढाउने काममा नै कतिपय ठाउँमा बाँकी छ भने ढल तथा खानेपानीका पाइप अस्तव्यस्त अबस्थामा रहेकाे छ । सरकारी अनुगमन प्रभावकारीरूपमा नहुनु नै ठेकेदारकाे स्वच्छेचारी बढ्नु हाे भन्ने स्थानीयवासीकाे दावी रहेकाे छ । कतिपयले ठेकेदारसँग अनुगमन टाेलीले पैसा खाएकाेसमेत बताए ।

काठमाडाैँकाे अत्यन्त महत्वपूर्ण स्थान तथा बसाेबासकाे दृष्टिले पनि मनमाेहक मानिने बुढानिलकण्ठ क्षेत्रकाे बाटाे अस्तव्यस्तता हटाउन स्थानीय प्रशासनले भूमिका नखेलेकाे पनि स्थानीयवासी क्राेधित देखिएका छन् । स्थानीयवासीकाे अाक्राेश स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्र सरकारकाे एउटै दलकाे हुँदा पनि काम हुन नसकेकाे प्रति देखिएकाे छ । याे बाटाेकाे बजेटका लागि नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाकाे भूमिका रहेकाे थियाे ।
श्रोत काठमाडौँ खबर (केसब राज पाठक )

[[IMAGE_ALT]]