जनवरी २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले 'ताइवान देशबन्धुको लागि पत्र' सार्वजनिक भएको ४० सौं वार्षिकोत्सव स्मृति कार्यक्रममा ताइवान जलडमरूका दुई किनारा छुटेको ७० वर्षयता भइरहेको विकास प्रक्रियाको सिंहावलोकन गर्नुभएको छ। उहाँले नयाँ युगमा दुई किनारा सम्बन्धको शान्ति विकास, देशको शान्तिपूर्ण एकीकरण प्रवर्द्धन सम्बन्धी ५ बुँदे नीति प्रस्तुत गर्नुभएको छ। उहाँले चीन एकीकरण हुने आवश्यकता छ र एकीकरण हुनु स्वाभाविकै भएको धारणा पनि व्यक्त गर्नुभएको छ। चिनियाँ राष्ट्रको पुनरूत्थान प्रक्रियामा ताइवानको सहभागिता अवश्य नै छ भन्दै चीनको एकीकरणबाट विश्वका विभिन्न मुलुकहरूको लागि विकासको मौका ल्याउने कुरामा पनि सीले जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीको सो सम्बोधनबाट शान्तिपूर्ण एकीकरणका लागि चीनले देखाएको सबभन्दा ठूलो सदिच्छा भन्ने संकेत दिनुका साथै अति कम संख्यामा भएका ताइवान स्वतन्त्रतापक्षधरका कारक तत्व तथा हस्तक्षेप गर्न खोज्ने बाह्य शक्तिलाई पनि गम्भीर रूपमा चेतावनी दिइएको हो। सो सम्बोधनबाट चीनका सत्तारूढ पार्टी तथा चीन सरकारले देशको सार्वभौमसत्ता तथा भूभागको अक्षुणताको संरक्षण गर्ने अटल निश्चिततालाई पनि देखाइएको छ र नयाँ युगमा चीनको एकीकरणका लागि आधारभूत निर्देशन तथा सिद्धान्त पनि प्रदान गरेको छ।

४० वर्षअघि क्रियाशील ताइवानको अर्थतन्त्र मुख्य भूमिको धेरै अगाडि नै थियो भने ४० वर्षपछिको आज मुख्य भूमि नै विश्वको दोस्रो ठूलो आर्थिक एकाइ र ताइवानको सबभन्दा ठूलो व्यापारिक साझेदार, निर्यात बजार तथा प्रधान लगानी ठाँउ बनेको छ। दुई किनारा बीचको विकासको मिलन गहन रूपमा बन्दै गएको क्रममा सर्वसाधारणहरूको सुख अनुभव पनि बढ्दै गएको छ। सन् २०१८ को जनवरीदेख नोभेम्बरसम्म दुइ किनारा बीचको व्यापारमा संलग्न रकम २ खर्ब अमेरिकी डलर भन्दा बढी भएको साथै गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले बृद्धि भएको छ। ताइवानेलीहरू मुख्य भूमिमा भ्रमण गरेको संख्या ५६ लाख २९ हजार भएको छ। यसका साथै ताइवानसँग दौत्य सम्बन्ध राखेका बढी भन्दा बढी मुलुकले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्दै आएका छन् भने जनगणतन्त्र चीनसँग दौत्य सम्बन्ध स्थापित वा पुनः शुरू गरेका छन्। एक चीन सिद्धान्त अन्तर्राष्ट्रिय समाजमा अझ लोकप्रिय बनेको छ।

४० वर्षअघिको तुलनामा दुई किनारा बीचको शान्तिपूर्ण एकीकरणको गार्हस्थ्य वातावरण परिपक्व बन्दै आएको छ र नयाँ राजनीतिक बुद्धिले यसै प्रक्रियालाई पथ निर्देशन देखाउनुपर्छ। सम्बोधनमा ऐतिहासिक परिस्थिति, जातीय हित तथा जनताका विचारमा आधारित सीले ५ बुँदे नीति प्रस्तुत गर्नुभएको छः हातमा हात मिलाएर जातीय पुनरूत्थानलाई अघि बढाउँदै शान्तिपूर्ण एकीकरणलाई साकार तुल्याउनु, दुई व्यवस्थामा आधारित ताइवान प्रस्ताव खोजेर शान्तिपूर्ण एकीकरणको कार्यन्वयनलाई व्यावहारिक पार्नु, एक चीन सिद्धान्तको पालना गर्दै शान्तिपूर्ण एकीकरणको भविष्यको संरक्षण गर्नु, दुई किनाराको मिलन विकासलाई गहन पार्दै शान्तिपूर्ण एकीकरणको जगलाई बलियो बसाल्नु र देशबन्धुको मन मिलेर शान्तिपूर्ण एकीकरण भन्ने मान्यतालाई विस्तार गर्नु।

ती नीति र धारणाहरू नै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले प्रस्तुत गर्दै आएको दुई किनारा सम्बन्धको विकास, शान्तिपूर्ण एकीकरणको प्रवर्द्धन विचारसँग मेल खाएको साथै नयाँ परिस्थितिसँग जोडेर अझ यथेष्ठ र विकसित पारिएको छ जुन नयाँ युगमा चिनियाँ राष्ट्रको पुनरूत्थानको कार्यन्वयन एवं देशको शान्तिपूर्ण एकीकरणको प्रवर्द्धन भन्ने ठूलो कार्य-नीति पनि मानिन्छ।

४० वर्षसम्म लागू भइरहेको सुधार तथा खुलापनपछि चीन एउटा नयाँ युगमा प्रवेश भएको छ जुन इतिहासका जुसुकै बेलाभन्दा चिनियाँ राष्ट्रको पुनरूत्थान भन्ने लक्ष्यसँग सबभन्दा नजिक भएको छ। ताइवान जलडमरूका दुई किनाराको शान्तिपूर्ण एकीकरण प्रक्रियालाइ अघि बढाउने आधार र वातावरण सबभन्दा परिवक्व भएको देखिन्छ। यसको लागि ताइवान संचारमाध्यमले पनि स्विकृति गरिसकेको छ कि मुख्य भूमिले दुइ किनारा सम्बन्धमा नेतृत्वदायी अधिकार हातमा राखिसकेको छ।

राष्ट्राध्यक्ष सीले औंल्याउनुभए जस्तै, ताइवानको भविष्य देशको एकीकरणमा छ र ताइवान देशबन्धुहरूको हित-कल्याण चिनियाँ राष्ट्रको पुनरूत्थानसँग सम्बन्ध छ। ताइवान समस्या जातिको कमजोरी भएकोले उत्पन्न भएको हो र जुन जातिय पुनरूत्थानको क्रमसँगै अन्त्य हुने नै छ।

(NEWS.CN)