थाइल्याण्डका विदेश मन्त्री डोन प्रामुदविनाइको निमन्त्रणामा चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले थाइल्याण्डको चिंग माइमा डोनसँग रणनीतिक छलफल गर्नुभएको छ।

वाङ यीले चीनले आशियान समुदायको निर्माणमा सर्मथन गरेको र थाइल्याण्डसँग “बेल्ट एण्ड रोड” प्रस्तावलाई आशियानको अन्तर्क्रिया परियोजनासँग जोड्न प्रबर्द्धन गर्ने बताउनुभयो। उहाँले क्षेत्रीय अन्तर्क्रिया र दिगो विकासलाई बढाउने, चीन-आशियान सञ्चार-माध्यमको आदान-प्रदान वर्षको आयोजना गर्ने, प्रतिरक्षा सुरक्षाको सहयोग स्तरलाई माथि उकास्ने, चीन-आशियान सम्बन्ध, चीन र पूर्वी एशियाको सहयोगलाई ठूलो विकास प्राप्त गर्न अगाडि बढाउने आशा लिएको कुरा बताउनुभयो।

डोनले थाइल्याण्डले चीनको विकास र उदयको स्वागत गरेको बताउँदै चीनले विश्वको शान्ति तथा विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने आशा गरेको बताउनुभयो। चीनले प्रस्ताव गरेको “बेल्ट एण्ड रोड”सहयोगले थाइल्याण्डको स्वाधीन विकास, थाइल्याण्ड र चीनको सहयोगका लागि अझै धेरै मौका दिने कुरा पनि उहाँले बताउनुभयो।

उहाँहरूले साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे वैचारिक आदान-प्रदान गर्नुभयो र व्यापक सहमति हासिल गर्नुभयो।