पाचौँ विश्व इन्टरनेट सम्मेलन अन्तर्गत ठूलो डाटा युगमा व्यक्तिगत सूचनाको संरक्षण शीर्षकको शाखा मञ्च आन नोभेम्बर 8 तारिख चच्याङ प्रान्तको ऊ चनमा आयोजना गरियो। 

जन गणतन्त्र चीनका पहिलो तहका सरकार वकील अर्थात् सर्वोच्च जन न्यायाधिवक्ताका उप महान्यायाधिवक्ता छ्यौ श्वे छ्याङले मञ्चको उद्धाटन समारोहको अध्यक्षता गर्नुभयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार विभागका उपप्रमुख, केन्द्रीय नेटवर्क सूचनाकरण कार्यालयका प्रमुख एवं राष्ट्रिय इन्टरनेट सूचना कार्यालयका प्रमुख च्वाङ रोङ वन, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत चच्याङ प्रान्तीय समितिका स्थायी सदस्य एवं प्रचार-प्रसार मन्त्री चु को शेनले पनि उद्बाटनलाई सम्बोधन गर्नुभएको छ। 

जन गणतन्त्र चीनका प्रथम सरकारी वकील अर्थात् सर्वोच्च जन न्यायाधिवक्ताका महान्यायाधिवक्ता चाङ च्युनले सो मञ्चलाई सम्बोधन गर्दै ठूलो डिजिटल युगमा कानुन बमोजिम व्यक्तिगत सूचनाको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।