बू.न.पा का संघ संस्था र नगरकार्यपालिका बिचको विशेष भेला सम्पन्न

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Ashwin 22

बूढानील्कण्ठ नगरपालिका तथा नगर कार्यपालिकाको आयोजनामा आज बूढानील्कण्ठ नगरपालिका भित्र रहेको विभिन्न संघ सस्थाहरु बीचको विशेष भेला कार्यक्रम सम्पन्न भएको छ। ऊक्त कार्यक्रममा नगर भित्र रहेका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको उपस्थिति रहेको थियो जसमा बालबालिका, महिला, वातावरण जस्ता क्षेत्रहरुमा कार्यरात संस्थाहरुको सहभागिता रहेको थियो। ऊक्त कार्यक्रममा प्रमुख अथिति नगरका प्रमुख उद्धव खरेल रहनुभएको थियो भने सभाध्यक्षका रुपमा उपमेयर रमादेवि राईले उपस्थिति जनाउनु भएको थियो। साथ साथै कतिपय वडाका वडाध्यक्षहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रममा आ-आफ्नो संस्थाहरुको प्रतिनिधित्व गर्दै अध्यक्ष तथा संस्थाका सदस्यहरु प्रतिनिधिका रुपमा उपस्थित रहेका थिए। कार्यक्रमको मुख्य उध्यस्यका बारेमा बताउँदै संघ संस्था समन्वय समितिका सदस्य प्रदिप डंगोलले नगर भित्र रहेका विभिन्न संघ संस्थाहरुले कुन कुन छेत्रमा नगरपालिकासंग एकबद्ध भइ आफ्नो योगदान दिँदै आफ्नो संस्था तथा नगरको विकास कार्ययोजनाहरुलाई सफल पार्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेने उहाँले बताउनुभयो।

किंग्स फूड क्याफे न्यूरोमा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रमुख अथितिले यस नगर भित्र जम्मा जम्मी २०७ वटा संस्थाहरु रहेको र त्यस मध्ये मात्र ६७ संस्थाहरु मात्र दर्ता भएको र उक्त सरकारी तथा गैर सरकारी संस्थाहरु सबै सरकारी एन तथा नियमानुसार आफ्नो संस्थाको दर्ता गरि कानुनीरुपमा नगरपालिका संगको साथमा बिभिन्न क्षेत्रहरुको विकासका लागि मिलेर कार्यहरु अगाडी बढाइनुपर्ने प्रमुखले आग्रह गर्नुभयो।

संग संस्था र नगरपालिका बीच भएको उक्त कार्यक्रममा सहभागी भएका संस्थाहरुको पनि आफ्नो सस्थालाई सबै माझ चिनाउने र सोहि संस्थाका उद्यस्यहरुका बारेमा विभिन्न प्रस्तुतीकरण तथा तिनै संस्थाहरु बीच छलफलको कार्यक्रम पनि रह्यो। सहकारी मध्यमा पनि एकै उद्यस्य बोकेका र एउटै छेत्रमा कार्यरत रहेका संस्थाहरु मुख्यतय बालबालिका सम्बन्धि छेत्रका, वातावरण क्षेत्रका, महिलाहरुको क्षत्रमा कार्यरत र साथसाथै शिक्षा छेत्रमा योगदान दिँदै आएका संस्थाहरु बीच एकापसको छलफल कार्यक्रम गरि सोहि छलफलबाट यस नगरमा तिनै क्षेत्रहरुमा के कस्ता समस्याहरु रहेको र कसरी तेस्को समाधान गर्न सकिने भन्ने विषयमा निर्णय पनि तयार गरियो।
गैर सहकारी संस्था महासंघ नेपालका ऊपाध्यक्ष श्री रत्न प्रसाद उप्रेतीको पनि उपस्थिति रहेको सोहि कार्यक्रममा उहाँले संघ सस्थाहरुले पालना गर्नुपर्ने विभिन्न खालका ऐन कानुनका बारेमा आफ्नो प्रस्तुतीकरण राख्नुभएको थियो। जसमा उहाँको भनाइ अनुसार २०३४ को प्रावधान अनुसार संस्थाहरुको दर्ता गरिँदै आएको पनि उहाँको प्रस्तुतिकरणमा व्यक्त गर्नुभयो।
सोहि कार्यक्रममानै समन्वय समितिको पनि गठन भएको छ जसमा विभिन्न क्षेत्रहरुमा कार्यरत र नियमानुसार महासंघका सदस्यहरु मध्ये छानिएको उक्त समितिको गठन र साथै कुनै एक क्षेत्रमा मात्रै नभई एकभन्दा बढि छेत्रमा कार्यरत उक्त संस्थाहरुलाई समितिमा राखिएको छ। साथै गठन भएको उक्त समिति बीच अबका कार्यक्रम हरु नगरपालिका संगै मिलेर नगर विकासका कार्यहरु कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा अन्य बैठकहरुबाट निस्कर्ष निकालिने समेत जानकारी संघका सदस्य डंगोलको भनाई रह्यो।

[[IMAGE_ALT]] [[IMAGE_ALT]] [[IMAGE_ALT]] [[IMAGE_ALT]]