चौथो बूढानीलकण्ठ नगरकप् फुटबलको म्यान अफ द म्याच काठमाडौँ समाजले प्रदान गर्ने

[[IMG_ALT]]

www.bsgnews | Nagar News | Ashwin 23

चौथो बूढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिताको उत्कृष्ट विधाका पुरष्कार काठमाडौँ समाज यु.ए.ई ले प्रयोजन गर्ने भएको छ । बूढानीलकण्ठ युवा समाजले आयोजना गर्ने बुढानीलकण्ठ नगरकप फुटबल प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न पाउँदा खुसि लगेको समाजका समर्पण कार्कीको भनाइ रहेको छ ।काठमाडौँ समाजका संस्थापक दिनेश मल्ल ठकुरीका अनुसार समाजले प्रतियोगिताको उत्कृष्ट खेलाडीको हौसला बडाउन र आफ्नो सामाजिक अभिभारा पुरा गर्न सहयोग गरेको बताए ।काठमाडौँ समाजका अर्का सदश्य विजय ढकालका अनुसार काठमाडौँमा हुने बिभिन्न कार्यक्रममा समाजले सकेको सहयोग गर्ने र यस पटक पनि सहभागी हुने एउटा टिमलाई काठमाडौँ समाजले जर्सी समेत उपलब्ध गराउने बताउनु भयो ।