बिपन्न बस्तीमा खुशी साट्दै नायिका सुकुमाया मोक्तान-डिएन घिसिङ

        सेलेब्रेट्रीहरुको फेम उचाईमा पुगेपछि सामाजिक अभियानमा जुटेको ज्वलन्त उदाहरण कलिउड र हलिउडका स्टारहरु प्रसस्तै भेटिन्छ। आदिबासी समुदाय अन्तर्गत छुट्टै पहिचान र सभ्यता बोकेको तामाङ समुदायको सस्कृतीमा मौलिकता भरेर बनाएको चलचित्र प्राय सफल भएका छ्न।

कला र साहित्य तब पुरक हुन्छ जब कथामा जिबन्त झल्काउन सक्ने अभिनय हुन्छ।एस्तै तामाङ चलचित्रकी सर्बाधिक सफल नायिका हुन सुकुमाया मोक्तान ।दर्जनौं तामाङ चलचित्रमा अभिनय गरीसकेकी नायिका तामाङको चलचित्र प्राङ्गबोलाम्हाङ्गको  ...सलमाया मुदा मुला,मुला माया सद ! ङ्ला माया येदा मुला ,येला माया ङ्दा मुला! गीतलाई सर्बाधिक रुचाइएका थिए। तामाङ चलचित्रमा अभिनय मात्रै नभै आफ्नै होम प्रोडसन मोक्तान फिल्मसको ब्यानर बाट चलचित्र निर्माण गरेर आफ्नै फरक पहिचान समेत दिई सकेकी नायिका मोक्तानले उत्कृष्ट नायिका अवार्ड हात पार्दै अन्तर्राष्ट्रिय आदिवासी फिल्म अवार्ड युरोपमा समेत सहभागी भैसकेकी छिन। सफल नायिका मात्रै नभैइ पहिलो तामाङ महिला निर्देशक समेत बनेसकेकी छिन।

नामको उचाई धेरै बडेपछी उनले सामाजिक अभियानमा समेत जुटेकी छिन,सुकुमाया फाउन्डेसन गैरसरकारी सस्था मार्फत सर्लाही ,सुनसरी ,मकवानपुर ,धादिङ र दोलखाको बिपन्न एब प्राकृतिक बिपत्तिमा परेका समुदायलाई समेत राहत बितरण गरेपछि नायिका सुकुमाया मोक्तानको समाजसेवा निकै आकसिएको छ।निकै सुन्दर स्वाभावकी धनी मनकी नायिका मोक्तान सगको भेटमा समाज सेवा किन,भन्ने प्रतिप्रश्नको उत्तरमा भनिन् "जहाँ असाय र गरिबले पिरोलिएको छ त्यहा खुशी छाउन एक सर्को न्यानो कपडा र एक मुठी चामल सगै  दिनदुखी माझ खुशीको बहाब बड्दो रहेछ ।" उनका स्वदेश तथा बिदेशका सुभेच्छकहरुले सहयोगी हातहरुमा साथ दिएका छ्न।निकै सरल र कोमल हृदयकि धनी नायिका सुकुमाया मोक्तानले पुर्याएको योगदान चर्चा योग्य छ।