बूढानीलकण्ठ, बैशाख १ ।  "लोपोन्मुख संस्कृति तथा परम्परा संरक्षण, छरीएका प्रतिभाको उत्खनन गर्ने र समाजमा भाईचाराको सम्बन्ध बढाउने" मुल नाराका साथ नयाँ बर्षको अवसरमा मनोरन्जनात्मक तरिकाले शुभकामना आदान प्रदान गर्ने उद्धेश्यले बूढानीलकण्ठ नगरपालिका वडा नं ४ को निलकण्ठ युवा समितीले शनिवार प्रथम साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। बू.न.पा. ३ को ध्रुवतारा स्कुल मैदानमा सञ्चालित सो कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्तिथि रहेको थियो।

नीलकण्ठ युवा समितिका अध्यक्ष सुसान्त भंडारीको संयोजकत्वमा सञ्चालीत उक्त कार्यक्रममा प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल रहेका थिए। कार्यक्रममा बू.न.पा. २,३,४ का वडा अध्यक्ष राजेन्द्र खड्का, बालकृष्ण श्रेष्ठ, राजु खड्का र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरिक्षक राजकुमार राई लाई विशेष अतिथिको रुपमा सम्मान गरीएको थियो।(नगर प्रमुख बाट दिप प्रज्वलन गरिदैँ)

प्रमुख अतिथि नगर प्रमुख उद्दव खरेलले कार्यक्रममा बोल्दै आयोजक परिवारलाई यस्तो साँस्कृतिक तथा परम्परा जगेर्णा गर्ने  खाल्को कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे। खरेलले आफ्नो भनाई लाई जोड्दै अब युवा  शक्तिहरू एक भएर सामाजिक विकासको क्षेत्रमा यसैगरी लाग्न आग्रह पनी गरेका थिए। (हाँस्य कलाकारहरुको प्रस्तुति)

कार्यक्रममा आमन्त्रित बरिष्ठ लोक दोहोरी गायक सरोज लामिछाने, नेपाली प्रथम महिला रेस्लर युनिका खड्का, नेपाली महिला रेस्लर अस्मीता जुरेली, डान्सर दिप्ति महत, मंजिता,नम्रता खड्का,  हाँस्य कलाकार जिवन तामाङ, सोमराज रावल, गणेश राई लगायतका अन्य कलाकारहरुले विभिन्न किसिमको गीत गाएर एवं नृत्य गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरी रहेका थिए। त्यसैगरी स्थानिय सांगेतिक ब्याण्ड "निष्कर्ष", "द ब्ल्याक लायनस" ,र "संवाद" को प्रस्तुतिले स्टेज र माहोल दुवै तातेको थियो। दुई भागमा विभाजन गरिएको कार्यक्रमको पहिलो खण्डमा गणेश राईले औपचारीक कार्यक्रम संचालन गरेका  थिए भने दोस्रो खण्डमा मोडल एवं उद्घोषिका ऊरुषा जोशीले साङ्गीतिक कार्यक्रम सञ्चालन गरेकी थिइन ।

(निष्कर्ष व्याण्ड को प्रस्तुति/ फोटोः रोसन खड्का)बिगत केहि वर्ष देखि सामाजिक कार्यक्रमहरुमा सक्रिय रहदैँ आएको नीलकण्ठ युवा समितिका सचिव बिजेन्द्र भण्डारीले सबै अतिथि, विशेष अतिथि, अतिथिहरू, पत्रकार, सूरक्षाकर्मी, कलाकार लगायत यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका खेल्नु हुने सबैलाई धन्यवाद व्यक्त गरी आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए।