बुढानिलकण्ठ नगरपालिका वडा नं ५ डाँडाँगाउँमा बिहीवारको दिन महानगरिय प्रहरि प्रभाग बूढानिलकण्ठका प्रभाग प्रमुख राजकुमार राइको नेत्रित्वमा बारीमा उम्रेको गाँजा फडानी गरेको छ। दुर्व्यसनीमा लागेर हुन सक्ने सम्भावित घटनालाई नियन्त्रण गर्न यो कदम चालेको भनाई प्र .नि राईको रहेको छ । बिहान ११:३० बजे देखी १ बजे सम्म वडा -५ मा रहेको डाँडागाँउ क्षेत्रमा स्थानियको बारीमा रहेको गाँजा सामुदायिक प्रहरी र बुढानिलकण्ठ प्रहरी प्रभागका जवानहरु मिलेर अधिकांश गाँजा फडानी गरिएको छ । आगामी दिनहरुमा बूनपाको अन्य वडामा पनि गाँजा फडानीका साथै दुर्व्यसन र दुर्व्यसनीहरुको नियन्त्रणका लागि स्थानिय सँग मिलेर परामर्शका कार्यक्रमहरु आयोजना गरिने जानकारी प्र.नि राईले दिनु भएको छ । फडानी गरिएको गाँजा आगोमा नष्ट गरि स्थानीयलाई गाँजाको खेति नगर्न समेत प्रहरी प्रभाग बुढानिलकण्ठले आग्रह गरेको छ।