चीनका प्रधानमन्त्री ली खछ्याङले ३ तारिख बिहान जनबृहत सभाभवनमा चीनको भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री इम्रान खानसँग भेट-वार्ता गर्नुभएको छ। भेट-वार्तामा प्रधानमन्त्री लीले चीनले पाकिस्तानलाई कूटनैतिक रणनीतिमा प्राथमिकता दिने दिशा मानेको र भ्रमणताका दुवै पक्षबीच ‘चीन-पाकिस्तान सर्वकालिक रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको प्रवर्द्धन, नयाँ युगमा अझ घनिष्ट संयुक्त भाग्य समुदायको स्थापना’ भन्ने संयुक्त वक्तव्य सार्वजनिक हुने छ जसबाट आपसी सम्बन्धलाई अझ छिटो र विकसित पार्ने महत्वपूर्ण संकेत दिनेछ, भन्नुभयो। साथै चीनले पाकिस्तानसँग बैंकिङ, कृषि, मत्स्यपालन क्षेत्रमा हुने सहयोगलाई सबल पार्ने इच्छा पनि प्रधानमन्त्री लीले व्यक्त गर्नुभएको छ। भेट-वार्तामा पाकिस्तानी प्रधानमन्त्री इम्रान खानले पाकिस्तान-चीन आर्थिक करिडोर विकासको महत्वपूर्ण मौका मानेर पाकिस्तानले सम्बद्ध परियोजनाहरू र चिनियाँ संस्थाका कर्मचारीको सुरक्षाको प्रभावकारी संरक्षण गर्ने बताउनुभयो। पाकिस्तानले राष्ट्रिय सुधार प्रक्रियामा चीनसँग विकास अनुभव सिक्दै पारस्परिक सम्बन्धलाई नयाँ चरणमा पुर्याउने आशा लिएको पनि इम्रानले पुष्टी गर्नुभयो। सो भेट-वार्तापछि दुइ पक्षले विज्ञान अध्ययन, कानून, गरिबी निवारण, स्वास्थ्य, भन्सार क्षेत्रमा रहेका द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। (CRI)