बूढानिलकण्ठ नगरपालिकाको सडक विरुवा संरक्षण अभियान सुरु 
बूढानिलकण्ठ नगरपालिकाको मुख्य सडक बासवारी देखि बूढानिलकण्ठसम्मको सडकको दाया बाया गत बर्ष नगरपालिकाको सयोजकत्वमा प्रभु बैंक तथा अन्य संस्थाको सहयोगमा विभिन्न  बोट बिरुवाहरु रोपेको थियो l हरित नगरपालिका निर्माण भनेर शुरुवात गरेको उक्त बृक्षा रोपन कार्यक्रम अहिले हेर्दा वृक्षहरुले संरक्षणको लागि बिन्ति गरेझै लाग्थ्यो  l

त्यहि रोपेका विरुवाहरुको संरक्षणमा कमै ध्यान पुगे पछि बूढानिलकण्ठ नगरपालिका वडा -२ का महिला सदस्य ज्ञानु कार्की र चपली महिला महा संघका अध्यक्ष निशा बराल सडक विरुवाहरुको संरक्षणमा लागि परेका छन् l

हरियाली जोगाउँ,वातावरण स्वच्छ बनाउ ,सडक बिरुवा संरक्षण अभियान अन्तर्गत सदस्य ज्ञानु कार्की र चपली महिला महा संघका अध्यक्ष निशा बरालको नेतृत्वमा आज महिलाहरुले  बासवारी देखि बूढानिलकण्ठ सम्मको सडकको दाया- बाया रहेका विरुवाहरुमा पानी ,मल तथा गोड मेल गरि उक्त अभियानको शुरुवात गरेका छन् l यी बोट बिरुवा भनेका हाम्रा अभिन्न अंग हुन् , रोपेका विरुवाहरुको संरक्षणमा खासै चासो नदेखाए पछि हामि ,महिला आफै सक्रीय भएर उक्त कार्य सुरुवात गरेको भनाई आयोजक पक्षको रहेको छ l

सदस्य ज्ञानु कार्की थापा भन्छिन; यी बोट बिरुवालाइ  संरक्षण गर्ने दायित्व कसको हो? हाम्रै  हो नि हैन र ? चर्चा कमाउनको लागि भन्दा पनि सामजिक कार्य हो र यसको शुरुवात पहिला आफै बाट गर्नु  पर्छ l बूढानिलकण्ठ नगरपालिकाको मुख्य सडकको दाया - बाया विरुवाका बोटहरु छन् l संरक्षणको बिषयमा सरोकार वालाहरु मौन झैँ देखिन्छन त्यहि भएर यो अभियान सुरु गरेका हौँ  l
   यस कार्यले आगामी दिनमा पनि  निरन्तरता पाउने जानकारी आयोजकले  दिएको छ l