चौथो बूढानीलकण्ठ नगरकप फुटबल प्रतीयोगीताको पहिलो दिन को ३ खेल सम्पन्न भएको छ। पहिलो खेल गत बर्षको बिजेता तथा उप-बिजेता बीच भएको थियो। प्रतियोगिताको उत्घाटन खेलका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिका वडा न ५ का वडा अध्यक्ष विजय तामाङ्गले विजया दशमीको अवसरमा आयोजना हुने यस नगर ब्यापी प्रतियोगिताले नगरभित्र रहेका यूवा साथीहरुलाई एकितृत बनाई आपसी सद्भाव कायम गर्नेमा विश्वस्त रहेको बताउँदै प्रतियोगिताको सफलताको कामना गर्नु भएको थियो। बूढानीलकण्ठ स्कुलका प्रधानाध्यापक केशर खुलालले यस पटक प्रतियोगिता माथिल्लो मैदानमा गर्दा केहि कठिनाई हुने भएता पनि आयोकले सफलता पुर्बक प्रतियोगिता सम्पन्न गर्ने बताउनुभयो। बूढानीलकण्ठ युवा समाजका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक संजय ठकुरीले समाजले गर्दै आएका विभिन्न कार्यहरुमा सबैको साथ र सहयोग पाउँदै आएको उनले बताए । चौथो बूढानीलकण्ठ नगरकप फुटबल प्रतीयोगीताको पहिलो दिन को ३ खेलको निर्णय पेनाल्टी सुट बाट भएको थियो । आजको पहिलो खेलका साबिक बिजेता शिवपुरी नवज्योति युवा क्लबले पेनेल्टी मा ४-३ को जित निकाल्दै आफ्नो विजयी यात्रा सुरु गरेको छ। दोश्रो खेलमा तौलुंग स्पर्ट्स एकेडेमीले शिवपुरी युनाइटेड 'क' लाई र तेश्रो खेलमा नवजागरण युवा क्लबले ड्रयागन युवा क्लबलाई पराजित गरेको थियो। आजको पहिलो खेलमा दुवै टोलीका गोलरक्षक घाइते भएका छन्।