काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा संचालित  सिन्धुल मनकामना बचत तथा ऋण सहकारी संस्थाले नवौ साधारणसभा सम्पन्न गरेको छ । सभाको उद्घाटन प्रदेश नम्बर ३ का सदस्य न्हुच्छे नारायण श्रेष्ठ, कामपा वडा ६ का अध्यक्ष दिपेन्द्र लामा र संस्थाका अध्यक्ष रञ्‍जित के.सी.ले पानसमा दिप प्रज्वलन गरी सामुहिक रुपमा उद्घाटन गरेका थिए ।

 साधारणसभामा  संस्थाका अध्यक्ष  रञ्‍जित केसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भने “ विभिन्न प्रतिकुलताको बाबजुत पनि संस्थाको चुक्ता पुजी २०७४ /०७५ असार मसान्तसम्म  १ करोड १० लाख ८३ हजार २ सय हरेको छ ।“ त्यस्तै  निक्षेप हिसाव  २०७४ /०७५ असार मसान्तसम्मको १ करोड ७६ लाख ६५ हजार ६ सय उनानब्बे रहेको र  कर्जा सापटी तर्फ २ करोड ३४ लाख ७५ हजार ९ सय अठचालिस रहेको बताए ।

कायक्रममा उपस्थित अतिथि हरुले सहकारीले गरेको कार्यको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए l 

यस्तै संस्थाका कोषाध्यक्ष बलबहादुर बुजेलले संस्थाको विकासका लागि अल्पकालीन तथा दीर्घकालीन लक्ष्यहरु लिएको बताए उनले भने आगामी ५ वर्ष भित्रमा शेयर रकम १० करोड र कारोबार रकम ५० करोड पुर्याउने तयारीमा छौ  ।

कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ,भने सांस्कृतिक कार्यक्रमको प्रस्तुति पनि रहेको थियो l