वडा नं-४ मा बुद्दको प्रतिमा स्थापना बूनगरपालिका वडा नं ४ मा बुद्ध जयन्तीको अबसरमा बुद्धको प्रतिमा स्थापना गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा न ४ मा रहेको बुद्ध कोलोनीले एक कार्यक्रम आयोजना गरि मुर्ति स्थापना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि माननीय रक्षा मन्त्रि इश्वर पोखरेलले बुद्ध पुर्णिमाको पावन दिनमा बुद्धको प्रतिमा स्थापना हुनु सकारात्मक सन्देश भएको बताए। कार्यक्रममा ३ नं प्रदेश सभा सदस्य दिपक निरौला, नगर प्रमुख उद्धवप्रसाद खरेल वडा नं ४ का अध्यक्ष राजु खड्का लगायत, अन्य विशिष्ट पाहुनाहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व पूर्व आयुक्त सूर्यनाथ प्रसाद उपाध्याय ले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मेयर उद्धवप्रसाद खरेलले हिजो फोहोरको थुप्रो हुने ठाउँ लाई ब्यबस्थित गरि बुद्धको प्रतिमा स्थापना गरि बुद्ध कोलोनीले शान्ति तथा सद्भाबको भावना समेटेको बताएका थिए |