काँडा बनेर आज पाइतालामा

बिझ्यो यो देश  

आँसु बनेर आज परेलीमा

रुझ्यो  यो देश

किन बिउँझेन यो देश,

कति निदाउँछ यो देश

आतंक बनेर आज मनमा

बिझ्यो यो देश

कल्ले के गरे यो देशलाई

कल्ले बर्बाद तुल्याए ?

छलकपट र जालझेल मै

अल्झयो यो देश ।

महँगी, अभाव, दुःख र यातनाका यी तीस वर्ष सारा देशवासीका रगत र आँसुले भिज्यो यो देश ।