हिजो जो भए भए !
के थियाै, के हुन पुग्याै सबै बिर्स ।

वितेका जीवनका कथाहरू 
जीवनका व्यथाहरू,
अझ ती दुर्घटनाहरू 

सबैलाइ बिर्स,
सदाका लागि बिर्स । 

तिमी त अाफै मार्ग अाै सिँढी हाै
रहर अाै ईच्छा हाै ।
व्यथा अाै कथाले तिमीलाइ किन छुनु ?

याे पूर्वमा देखिएकाे लालिमा नै तिमी हाै ।

तिम्रो लक्ष्य र उद्धेष्य नै उठ्नु हाे
तिमी अाफै जागरण र जागरूकता हाै ।
निर्भय बनेर निरन्तरताको बोध गर्दै
रहर र ईच्छा शक्ति जगाउँदै 
सङ्कल्पकाे साँध लगाएर उठ ।


क्षमता  तिम्रो मार्गको मोड हो 
र दक्षता तिम्रो मार्गको खुड्किला हो । 


आत्मविश्वास जगाउ अनि

ज्ञान, बुद्धि र विवेककाे तुलाे बाेकेर

मार्गको निचोड बनाउ ।
सफलता भन्ने कुरा त तिमीले नै बनाउने हाे
त्याे तिम्रै  हातमा छ । 

 

मान्छेलाई मान्छेका
विचार परिवेशलाई मोड्ने हाे

तर माेडहरू बाधक हैनन् ।

 

यी मोड त तिम्रो बोधमात्र हाे ।

ती माेडहरूलाइ

सीप, शक्ति र व्यवहारकुशलताकाे कसीमा

साँध्नमात्र बाँकी हाे ।

 

यति जान, 

ती माेड पनि तिम्रो खुसीले, 
तिम्रो ईच्छाले तिम्रो चाहले
तिमीद्वारा नै आएकाे हाे ।
तिम्रा विचारले 
तिमीद्वारा आएको मोड,
यही मोड
उत्तम छ, उत्कृष्ट छ । 

बस त्यसलाइ, जागरण र परिश्रमले सजाउ ।

 

समय सीमा मै
आफ्ना पुराना विचारलाइ छाडेर
थोत्रो आडम्बर र नौटंकी त्यागेर
यी यात्राका  दुरी तय गर ।
मोड जाबो त 
तिम्रै वशको कुरा न हो ? 
तिम्रै हातको कुरा न हो ? 
सारा संसार त तिम्रै हो ।

 

हिजो जो भए भए !
के थियाै, के हुन पुग्याै सबै बिर्स ।

-केशव पाठक