भौतिकशास्त्री स्टिभन हकिङको निधन

[[IMG_ALT]]

b s g news | International News | Falgun 30

प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ। हकिङले 'ब्ल्याक् होल्' र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए।

उनले विज्ञानसम्बन्धी धेरै प्रसिद्ध पुस्तकहरू लेखेका छन्। तीमध्ये 'अ ब्रीफ् हिस्ट्री आफ् टाइम्' निकै नै चर्चित छ।२२ वर्षको हुँदा स्नायुप्रणालीको मोटर न्युरोनसम्बन्धी दुर्लभ रोग लागेको पत्ता लागेपछि चिकित्सकहरूले हकिङ धेरै वर्ष नबाँच्ने बताएका थिए।

त्यो रोगले उनलाई ह्वील्चेअरमा सीमित गरिदियो र उनी एउटा विशेष खाले यन्त्रको सहायताले मात्र बोल्न सक्थे।को थिए हकिङ?
जन्म: अक्सफोर्ड, इङ्ल्यान्डमा सन् १९४२, ज्यानुअरी ६
सन् १९५९ मा नेचुरल साइन्स अध्ययन गर्न अक्सफोर्ड विश्वविद्यालय प्रवेश। पछि क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि
सन् १९६३ मा स्नायुप्रणालीको मोटर न्युरोनसम्बन्धी रोग लागेको निदान भएपछि जम्मा दुई वर्ष मात्र आयु बाँकी रहेको बताइएको
सन् १९७४ मा 'ब्ल्याक् होल्'बाट 'हकिङ विकिरण' निस्किने सिद्धान्तको प्रतिपादन
सन् १९८८ मा 'अ ब्रीफ् हिस्ट्री अफ् टाइम्' प्रकाशित। यो पुस्तकको एक करोडभन्दा बढी प्रति बिकिसकेको छ।
सन् २०१४ मा उनको जीवनकथामा आधारित चलचित्र 'द थिअरी अफ् एभ्रिथिङ्' को निर्माण