बूढानिलकण्ठ नगरपालिका वडा-३ मा रहेको बूढानिलकण्ठ मन्दिर परिसरमा पौष १७ गतेका दिन ढाका टोपी दिवसको अवसर पारेर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ l विवेकशिल युवा समाज द्वारा आयोजना गरिएको उक्त सांगीतिक कार्यक्रममा नगर प्रमुख उद्धव खरेल प्रमुख अतिथिको रुपमा पाल्नु भएको थियो भने अतिथिहरुमा वडा-३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ ,बू. क्षे. वि.सका  निवर्तमान सदस्य सचिव मनोज श्रेष्ठ , बिदुर खडका लगायत अन्य महानुभावहरुको उपस्थिति रहेको थियो l 

आफ्नो मौलिक पहिचान संरक्षण र सम्वर्दनका हेतु धाक टोपी दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ 

कार्यक्रममा बोल्दै नगर प्रमुख उद्धव खरेलले मौलिकता झल्कने यस किसिमका सांगीतिक कार्यक्रमहरु नगरपालिकामा भई रहनु पर्ने साथै ढाका टोपीको महत्व बारे उपश्थित युवाहरुलाइ जानकारी गराउनु भएको थियो lकार्यक्रममा विभिन्न सांगीतिक समुहहरु ले आ-आफ्ना सांगीतिक प्रस्तुति दिएको थियो lकार्यक्रम रातको ८ बजे समापन गरिएको थियो l