मिति २०७५।०७।१७ गते दिउँसो ११:३० बजेको समयमा का.जि.चन्द्रगिरी न.पा. वडा नं. २ पात्ले सामुदायिक जंगल भित्र अं. वर्ष ३०/३२ की महिला सडिगलि गएको अवस्थामा फेला परेको र उक्त लाशको हाल सम्म कही कतैवाट सनाखत हुन नसकेकोले निम्न विवरणको महिला कहि-कतैबाट हराएको भनी जानकारी पाएमा महानगरीय अपराध महाशाखा टेकु,काठमाण्डौ तथा महानगरीय प्रहरी वृत्त थानकोट,काठमाण्डौको निम्न नम्बरमा सम्पर्क राख्नु हुन अनुरोध गरिएको छ। हुलिया सडिगलि गएकोले पहिचान खुल्न नसकेको अं. वर्ष ३०/३२ की तराई मुलुकीको जस्तो देखिने महिला , दुवै हातमा पहेलो र कलेजी रङको चुरा लगाएको, बायाँ खुट्टामा कालो धागोलागएको,निलो सारी,कालो ब्लाउज, रातो पेटीकोट,कलेजी रङको PURE लेखेको १ जोर चप्पल ,कपालमा लगाउने रातो काँटा फेला परेको । (नेपाल प्रहरी,महानगरिय अपराध महाशाखा )