चन्द्रागिरी नगरपालिका-७ थानकोटबाट भारत विहार चम्पारणका २९ वर्षीय सविर अली र ५५ वर्षीय करण सहनीलाई नियन्त्रित लागूऔषध डाईजेपाम ६ सय ९५ एम्पुल, नुर्फिन ६ सय ९६ एम्पुल र फेनारगन ४ सय ९५ एम्पुल तथा वाइन सिरफ ७ बोतल सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बि आर १ ए एच ६९०८ नम्बरको भारतीय नम्बरप्लेटको कार जाँच गर्ने क्रममा कारभित्र झोलामा लुकाईछिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी कार सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(नेपाल प्रहरी  )