घटनाको छोटकरी विवरण :-

मिति २०७५।०९।०६ गते का.जि.का.म.न.पा. २६ सामाखुशी स्थित सडकमा केही मानिसहरु गैंडाको खाग बोकी बेचबिखन गर्ने भनि हिँडिरहेका छन् भन्ने गोप्य सुचना यस कार्यालयमा प्राप्त भए पश्चात यस महानगरीय अपराध महाशाखा बाट खटिई गएको बिशेष प्रहरी टोलीले शंकास्पद ब्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा तपसिलमा ठेगाना भएका किरण अमगाई, सुदिप दियाल, चित्र बहादुर बराम, मिन लाल रानालाई फेला पारी निजहरुको शरीर खानतलासी गर्दा मिन लाल रानाले लगाएको पाईन्टको अगाडीको बाँया खल्तीमा गैंडाको खाग थान १ फेला पारी बरामद गरी निजहरु चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा गैंडाको खागको कारोबार गर्ने कार्यमा सरोज बि.क. र पम बहादुर परियारको समेत संलग्नता खुल्न आई निजहरु ६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागी जिल्ला बन कार्यालय, हात्तिवन ललितपुर पठाउने तयारी गरिएको ।
पक्राउ अभियुक्त
नाम :- मिन लाल राना 
उमेर :- ३३ वर्ष 
ठेगाना :- जिल्ला तनहुँ कोटदरबार गा.बि.स वडा नं. ९
हाल :- का.जि .मित्रनगर

नाम :- किरण अमगाई 
उमेर :- २१ वर्ष 
ठेगाना :- जिल्ला गोरखा,सुलिकोट गा.पा वडा नं. ६ ताकुकोट 
हाल:- का.जि. बसस्थली

नाम :- सुदिप दियाल 
उमेर :- २४ वर्ष 
ठेगाना :- जिल्ला गोरका न.पा. वडा नं. ९ ताप्ले
हाल :- का.जि.बालाजु

नाम :- चित्र बहादुर बराम
उमेर :- २० वर्ष 
ठेगाना :- जिल्ला गोरखा सुलिकोट गा.पा. वडा नं. ९
हाल :- का.जि ठुलो भर्‍याङ्

नाम :- पम बहादुर परियार
उमेर :- ३५ वर्ष 
ठेगाना :- जिल्ला गोरखा ताप्ले गा.बि.स वडा नं. ३
हाल :- का.जि .डल्लु

नाम :- सरोज बि.क 
उमेर :- २२ वर्ष 
ठेगाना :- जिल्ला गोरखा ताप्ले गा.बि.स वडा नं. ९३ 
हाल :- का.जि .डल्लु

बरामद भएका सामान :- 
कानुनी सजायको व्यबस्थाहरु :-
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कसुर गर्नेलाई ५ लाख देखी १० लाख सम्म जरिवाना तथा ५ बर्ष देखी १५ बर्ष सम्म कैद वा दुबै सजाय हुने व्यबस्था रहेको छ ।

(महानगरीय अपराध महाशाखा)