घटना विवरण:-
जिल्ला कालीकोट रासकोट न.पा.-०२ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालीका-२६ कपुरधारा बस्ने बर्ष २० को भोजराज खड्काले अबैध हातहतीयारको कारोबार गर्ने गरेको भन्ने बिशेष सुराकीको आधारमा यस महानगरीय अपराध महाशाखा टेकु बाट खटीएको बिशेष प्रहरी टोलीले मिति २०७५।०९।१५ गतेको अं २०:०० बजेको समयमा काठमाण्डौको कपुरधारामा निज भोजराज खड्कालाई फेला पारी सोधपुछ गर्दा निजले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालीका-२६ लैनचौर स्थीत डेरा कोठामा हतियार लुकाएर राखेको भनी बताएकोले निजको उक्त डेरा कोठा खानतलासी गर्दा कोठा भित्र रहेको लो बेड मुनी रातो रंगको झोलामा कटुवा पेस्तोल र गोली राउण्ड २ लुकाई छिपाई राखेको अवस्थामा बरामद गरी निजलाई पक्राउ समेत गरी बरामदीत हतियार तथा गोलीको सम्बन्धमा अन्य बिस्तृत अनुसन्धान कार्या जारी राखीएको । 
पक्राउ व्यक्ति:-
१. नामथर :- भोजराज खड्का
ठेगाना:- जिल्ला कालीकोट रासकोट न.पा. ०२ 
हाल :- काठमाण्डौ जिल्ला काठमाण्डौ का.म.न.पा -०२ कपुरधारा
उमेर :- २० बर्ष ।

बरामद भएका सामान:- 
१.कटुवा पेस्तोल थान-१ 
२.ऐ.लाग्ने गोली राउण्ड-२

(नेपाल प्रहरी , महानगरीय अपराध महाशाखा )