क्यानाडाको ब्रिटिश कोलम्बिया उच्च अदालतले मंगलबार ११ तारिख चिनियाँ ह्वावे कम्पनीका सी.एफ.ओ मङ वान चौ सम्बन्धित तेस्रो जमानत सुनवाईको आयोजना गरेको थियो। सुनवाईमा श्रीमती मङलाई जमानतमा रिहा गर्ने फैसला गरियो।

यो फैसला उक्त घटनाको उचित कदम हुनुका साथै सक्रिय सूचना पनि देखाइएको छ। तर क्यानाडाका सञ्चारमाध्यमले जानकारी दिएअनुसार, अमेरिकाले आगामी जनवरी ८ तारिखअघि पुनरावेदन गरिसकेको छ। साथै श्रीमती मङ वान चौले आगामी फेब्रुअरी ६ तारिखमा सुपुर्दगी अवस्थाबारे फेरि फैसला लिनुपर्नेछ।

सन् २००८ मा ह्वावे कम्पनी क्यानाडा बजारमा प्रवेश गरेको थियो। क्यानाडाकाम सञ्चार माध्यमका अनुसार, ह्वावेले क्यानाडामा कुनै कानून उल्लंघन गरेको थिएन र विभिन्न क्षेत्रमा अनुसन्धान संस्था स्थापना गरेर करिब पाँच सय रोजगारी सिर्जना गरेको थियो। हाल “विश्वमा सबैभन्दा शान्तिपूर्ण देश” मानिएको क्यानाडाले अमेरिकाको आदेशको पालना गरेर चिनियाँ नागरिकलाई थुनेको हो। यो अशिष्ट कदमले चीन र क्यानाडाको सम्बन्धमाथि वास्तविक रूपमा भावनामा क्षति पुर्‍याएको छ।

दीर्घकालदेखि केही पश्चिमा मुलुकले ह्वावे कम्पनीमाथि शत्रुवत् धारणा लिँदै आएका छन्। ह्वावे कम्पनी सबैभन्दा बढी जाँचबुझ गरिएको अन्तर्राष्ट्रिय कम्पनी मानिन्छ। तर समीक्षकहरुले कुनै निश्चित र ठोस प्रमाण देखाएका छैनन्। त्यसैले जसबाट हेर्दा ह्वावेसँग कुनै गोपनियता थिएन र नत्र ह्वावेको तीव्र गतिले विकासबारे केही मुलुकलाई चिन्ता लागेको छ। हाल विश्वका सबैजसो विभिन्न सञ्चार माध्यमले उक्त घटनाको जानकारी र विश्लेषण गर्दै यो ह्वावे र चीनको वैज्ञानिक तथा प्राविधिक विकासलाई रोक्नखोज्ने गतिविधि भएको टिप्पणी गरेका छन्।

अमेरिकाले पहिला पनि धेरैपटक आफ्नो कानून बमोजिम विदेशी कम्पनीका उच्चस्तरीय जिम्मेवारमाथि कानूनी कदम चाल्ने गरेको थियो। त्यसपटक क्यानाडाले अमेरिकाको आदेशको पालना गरेर ह्वावेका जिम्मेवारलाई थुन्नेजस्तो कदमले अरु देशका कम्पनी र उच्चस्तरीय जिम्मेवारहरूमा चिन्ता जगाउने नकारात्मक प्रभाव पार्नेछ।

उक्त घटनाले चीन र क्यानाडाको सम्बन्धमा अझ बढी क्षति पुर्‍याउन नदिन, अन्तर्राष्ट्रिय निष्पक्ष र न्यायको सुरक्षा गर्न, सुरक्षित तथा स्वतन्त्र विश्व व्यापारिक वातावरणको सुरक्षा गर्नका लागि क्यानाडाले आफ्नो गल्ती छिटो सच्याउनुपर्छ। पूरै विश्वले क्यानाडामाथि नजर पुर्‍याउँदैछ।

(CRI)